हरिहरपुरगढीको नीति तथा कार्यक्रम ”पढ्दै कमाउदै” र ”एक घर एक दुहुना” जनमुखी योजना

झनझने,असार १०:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आज सोमबार १९ औ गाउँ सभा गरि आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
“समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा,कृषि,वन,पर्यटन र पूर्वाधार” भन्ने नारालाई साकार वनाउने लक्ष्य साथ गाउँपालिकाले निति तथा कार्यक्रम ल्याएको छ ।

448732210 768129905392787 2009923380141065904 n

गाउँपालिकाको १९ औ गाउँसभाको पहिलो बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले कृषि ,लिफ्ट सिचाई बिधुत बिस्तारिकरण ,भौतिक सडक पूर्वाधार , सम्भावित पर्यटकीय क्षेत्रलाई संरक्षण गरि पूर्वाधार बनाउने,पढ्दै कमाउदै कार्यक्रम ,श्रीपुर बजारलाई कृषि बजारको रुपमा ब्यबस्थित गर्ने,एक घर एक दुहुना पशुपालन अभियान संचालन गरिने बताउनुभयो ।

448732966 768128932059551 4672087433867301725 n

“उज्यालो हरिहरपुरगढी कार्यक्रम” ले करिव ८० प्रतिशत लक्ष्य हांसिल गरि सकेको र नेपाल विधुत प्राधिकरणसँग थप समन्वय गरि आर्थिक वर्ष २०८१/०८२ भित्र शत प्रतिशत विद्युतिकरण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ,बालवालिकाहरुमा हने शारीरिक तथा मानसिक हिंसा विरुद्ध अभिभावक र विद्यालय स्तरमा कार्यक्रम संचालन गरिने,जेष्ठ नागरिकहरुको औषधी उपचारका लागि वार्षिक रु.३००० ब्यबस्था गरिने ,ऐतिहासिक हरिहरपुरगढी किल्ला, कुण्डपोखरी, लोहासुर पोखरी, जितपुरगढीको संरक्षणका लागि आवस्यक कार्यक्रमको पहल गरिने ,सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा समुदायलाई नै सहभागी र जिम्मेवार वनाउन “सामुदायिक विद्यालय समुदायले नै सुधारौं” भन्ने अभियान संचालन गरिने,गाउँपालिका भित्र रहेका मठ, मन्दिर, गुम्बा लगायत सार्वजनिक सम्पत्तिको अभिलेखिकरण गरी संरक्षणको व्यवस्था मिलाईने, “हरिहरपुरगढीको शान, परिश्रमी किसान” भन्ने मूल नाराका साथ मरिण, वागमती र क्यानखोला किनारमा व्यवसायिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गर्ने अध्यक्ष वाइबाले बताउनुभयो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: