Skip to content

हरिहरपुरगढीमा २ दिने “महिला आत्मरक्षा तालिम”को उद्घाटन

हरिहरपुरगढीमा २ दिने “महिला आत्मरक्षा तालिम”को उद्घाटन
प्रकाशित:
शब्दको आकार

झनझने ,जेठ ४:सिन्धुलिको हरिहरपुरगढी गाउँपालिकामा २ दिने "महिला आत्मरक्षा तालिम"को उद्घाटन भएको छ। जिल्ला युवा समिती सिन्धुलीद्बारा हरिहरपुरगढी गाउँपालिकाको सभाहलमा आयोजित "महिला आत्मरक्षा तालिम" को उद्घाटन गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,जिन्सी शाखाका दिपक कार्की लगायत बिद्यालयका प्रधानाध्यापक,प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाका सामुदायिक विद्यालयहरुका ३२ जना छात्राहरुको सहभागी रहेको थियो ।कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष हेम कार्की अध्यक्षता सम्पन्न भएको हो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts