Skip to content

हरिहरपुरगढीको मिलनचोक झोलुङ्गे पुलको शिलान्यास , स्थानीय हर्षित

हरिहरपुरगढीको मिलनचोक झोलुङ्गे पुलको शिलान्यास , स्थानीय हर्षित
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी ,जेष्ठ २९: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ५ मा एक झोलुङ्गे पुलको शिलान्यास सम्पन्न भएको छ । पालिका प्रमुख बज्रध्वज वाइबा , प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा, ५ नम्बर वडा अध्यक्ष साइला लामा , जिन्सी शाखा प्रमुख दिपक कार्की ,तथ्यांक बिश्लेशक सन्जीत कार्की ,योजना भुमी शाखा प्रमुख राजु कुमार उप्रेती ,स्थानिय नेता तथा समाज सेबि बिल बहादुर बम्जन लगायतको उपस्थितिमा वडा न.५ स्थित मिलनचोक झोलुङ्गे पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

संघीय सरकार र हरिहरपुरगढीको ८ लाख गरि करिब ६२ लाखको लागतमा झोलुङ्गे पुल निमार्ण हुने भएको हो । शिलान्यास कार्यक्रममा पालिका प्रमुख बज्रध्वज वाईबाले बौद्ध धर्म बिधिमा पुजा गर्दै शिलान्यास गर्नुभएको थियो ।

झोलुङ्गे पुल निर्माण हुने भएपछि स्थानियहरुले खुशी भएका छन बिशेषगरि बर्षा याममा समस्या हुने गरेकोमा अब पुल बन्ने भएपछि धेरै सहज हुने मेरोपत्रलाई बताए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts