7
कारितास नेपालले हरिहरपुरगढीमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। हरिहरपुरगढी गाउँपालिका वडा नं ४ मा स्थित महेन्द्र झ्याडी स्वास्थ्य चौकी मा यहि जेठ ३१ र ३२ गते स्वास्थ्य शिविर गर्ने भएको हो। शिविरमा जनरल मेडिकल,स्त्री रोग,बाल रोग,सल्यक्रिया सर्जरी ,नसा तथा हाडजोर्नी,नाक,कान, घाँटी,आँखा रोग,दन्त रोग, ई.सी.जी,भिडियो एक्सरे ,ल्याब टेस्ट सेवा र निशुल्क औषधि वितरण गर्ने भएको छ।
शिबिर बिहान १० बजेदेखि दिउसो ४ बजे सम्म संचालन हुनेछ।