Skip to content

विश्व बाताबरण दिवसमा हरिहरपुरगढीमा फूल रोपण

विश्व बाताबरण दिवसमा हरिहरपुरगढीमा फूल रोपण
प्रकाशित:
शब्दको आकार

झनझने ,जेठ २३ :‘हाम्रो भुमि हाम्रो भबिष्य’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व बाताबरण २०८० मनाईंएको छ ,सिन्धुलीको हरिहरपुरगढीमा पनि गाउँपालिकाको कार्यालय परिसरमा बिरुवा रोप्दै विश्व बाताबरण दिवस मनाईंएको हो।
पालिका प्रमुख बज्रध्वज वाइबाको उपस्थितिमा कर्मचारीलगायतले पालिका परिसरमा सयपत्री फुलको बिरुवा रोपी विश्व बाताबरण दिवस मनाईंएको छ।


जनजीविका र स्वास्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने र खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts