Skip to content

हरिहरिहरपुरगढी क्यानखोला क्वाटरमा ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते

हरिहरिहरपुरगढी क्यानखोला क्वाटरमा ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुली,जेठ २२ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं-७ स्थित क्यानखोला क्वाटरमा ढलान भएको पक्की पुलको फर्मा खस्दा ४ जना घाइते भएका छन्। घाइतेहरु भध्य २ जना मध्यम र २ जनालाई सामन्य चोट लागेको छ। घाइतेहरु पर्सा बहुदमाही ५ का ३३ बर्षीय मनोज महतो, ४५ बर्षीय बिनोद महतोको ४५ बर्षीय अमलदेव महतो, सिन्धुली हरिहरपुरगढी ७ का ५० बर्षीय मदन घलान घाइते भएका हुन् । ढलान गरिएको पुलको फर्मा खोल्ने क्रममा कामदारहरु घाइते भएका थिए। पुलको केही भागको फर्मा खोलिसकेको थियो भने केही खोल्न बाँकी रहेको थियो।

घाईतेहरुलाई उपचारको लागि नारायणी अस्पताल बिरगंन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरीक्षक
केशव कुमार कटवालले बताए। उपचारको लागि ठेकेदारसंग समन्वय भैरहेको प्रहरीले बताएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts