हेटौडा,जेठ १६:मकवानपुरको भीमफेदी गा.पा.६ जुरीखेतमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन्। भीमफेदी कुलेखानी काठमाण्डौ सडकखण्ड अन्तर्गत काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नं.को कार आफै अनियन्त्रित भई सडकबाट २५० मिटर तल खोल्सामा खसेको हो।मृत्यु हुनेमा एक बालिका र दुई पुरुष छन्।
मृतक मध्ये दुइ जनाको पहिचान खुलेको छ मकवानपुर मनहरी गा.पा. ८ बेलुवाका बर्ष २६ का अर्जुन नेपाली र उनका छोरी ३ महिनाकी अर्जिता भित्रीकोटी रहेका छन्। बालिकाको उपचारको क्रममा बाटोमै मृत्यु भएको र २ जनाको गम्भीर अबस्थामा उपचारको क्रममा मृत्यु भएको हो त्यस्तै २ महिलाको उपचार भैरहेको छ ,उनीहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनीहरुको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।
20