Skip to content

तामाङ चलचित्रका महानायक अमिर दोङ्गको ” मायासे ब्याक अगेन ” सार्बजनिक

तामाङ चलचित्रका महानायक अमिर दोङ्गको ” मायासे ब्याक अगेन ” सार्बजनिक
प्रकाशित:
शब्दको आकार

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्गको नया म्युजिक भिडियो सार्बजनिक भएको छ। पछिल्लो समय चलचित्र संगै म्युजिक भिडियोमा सक्रिय दोङ्गको मायासे ब्याक अगेन गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो।

पेमा योन्जनको निर्माणमा बनेको भिडियोमा महानायक संगै सिन्धुली हरिहरपुरगढीकि नब मोडेल अस्मिता लामाले पहिलो पल्ट अभिनय गरेकी छिन ,गीतमा चर्चित सेलो गायक विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ भने शब्द /संगीत विशाल काल्तानकै रहेको छ त्यस्तै एरेन्ज /मिक्सिङ / मास्टर दिपेश प्रधान ,शृंगार रेशम लामा,गीताञ्जली योगीको रहेको छ,DOP | सम्पादन | रङ्ग सम्पादन विक्रम लामा (मोक्तान),पोस्ट प्रोडक्शन हाम्रो सेलो घरको रहेको छ।
भिडियोमा मायामा शंका गर्न नहुने भन्दै अमिरले अस्मितालाई मायाले फ़काउछु भन्दै फकाउन खोजिएको देखिएको छ ,ठुलो स्केलमा खिचिएको भिडियो मा अमिर र अस्मिताको रोमान्टिक दृश्यहरु देख्न सकिन्छ, अमिर दोङ्ग अमिर ज्यो ज्यो १ ,अमिर ज्यो ज्यो २, रिम ठिम,नेपाली चलचित्र सुर्य किरण ,देन्मा माया पछिल्लो समयमा ङिङ्जे चलचित्रबाट सबैको मन मुटुमा बस्न सफल भएका छन्।
दिप स्टुडियोमा रेकर्डिङ्ग भएको गीतमा निर्देशन /कोरियोग्राफी अमिर दोङकै रहेको छ ,भिडियो डम्फु मिडिया युट्युब च्यानलबाट आज सार्बजनिक भएको हो।

https://youtu.be/FCQbhIeivU8?si=uzPNWZWQ3uucQ7GA
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts