मेरो पत्र Logo

एमाले हरिहरपुरगढीको दोस्रो अधिबेशन सम्पन्न ,अध्यक्षमा पुन : वाईबा सर्बसम्मत

Mero Patra
मेरो पत्र
ad
एमाले हरिहरपुरगढीको दोस्रो अधिबेशन सम्पन्न ,अध्यक्षमा पुन : वाईबा सर्बसम्मत
adad

हरिहरपुरगढी ,जेठ ११:नेपाल कम्युनिस्ट पार्टी एमाले हरिहरपुरगढी गाउँ कमिटीको दोश्रो अधिबेशन सम्पन्न भएको छ।
मानबहादुर वाईबाको अध्यक्षता तथा केन्द्रिय सदस्य कमल जंग राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

हरिहरपुरगढी -५ भलखडामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य निरुकुमारी दर्लामी,केन्द्रिय सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल,अनेमा संघ केन्द्रिय सचिबालय सदस्य मिथिला फुयाल,सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं-२ का इन्चार्ज कौशल कोइराला,बागमती प्रदेश कमिटी सदस्यद्वय गोबिन्दलाल माझी,हिरा लामा जिल्ला कमिटी सिन्धुलीका सचिब नवराज थिङ लगायत विभिन्न वडा बाट सहभागी भएका प्रतिनिधिहरुको साथ सम्पन्न अधिबेशनबाट मानबहादुर वाईबाको नेतृत्वमा उपाध्यक्ष सुबर्ण जंग राई,सचिब सत्यमान मोक्तान,उप सचिबहरुमा ठुलीमाया अस्तानी र सुशील घिसिङ लगायत, ४५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको छ।

सेयर गर्नुहोस्: