हरिहरपुरगढीको लिम्बुटारमा झोलुङ्गे पुल उद्घाटन ,स्थानिय हर्षित

66

हरिहरपुरगढी ,जेष्ठ ६ :सिन्धुलीको हरिहरपुरगढी -३ लिम्बुटारमा आजबाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । एक कार्यक्रम गरि झोलुङ्गे पुल उद्घाटन गरिएको छ। हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईवाको प्रमुख आतिथ्यता, वडा नं.३ वडा अध्यक्ष कुल बहादुर भोलन”उज्ज्वल ”,कार्यपालिका सदस्य मोहनकाजी विश्वकर्मा, इन्जिनियर भिष्मदिप सुनुवार, जिन्शी तथा खरिद ईकाई प्रमुख दिपक कार्कीको आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ,गाउँपालिका प्रमुख बज्रध्वज वाईवाले रिबन काटेर औपचारिक रुपले झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको थियो। स्विस सरकारको अनुदान तथा हरिहरपुरगढी गाउँपालिकाको ४७ लाख ५० हजार आर्थिक लगानीमा स्थानिय श्रमदान गरि करिब ११० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।
बिशेषगरि बर्षातमा लिम्बुटार र यस बाटो प्रयोग गरि हिड्ने सर्बसाधारणले आवत जावत गर्न समस्या खेप्दै आएका थिए। यो झोलुङ्गे पुल निर्माण भए संगै स्थानिय निकै नै हर्षित भएको र सोकोंन खोलाले अब बर्षातमा यहाका बासिन्दालाई आवत जावत गर्न नरोक्ने वडा नं.३ वडा अध्यक्ष कुल बहादुर भोलन”उज्ज्वलले मेरोपत्रलाई बताउनु भएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: