Skip to content

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट मणिराज गाैतम सम्मानित

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट मणिराज गाैतम सम्मानित
प्रकाशित:
शब्दको आकार

काठमाडौँमा शुक्रबार सम्पन्न पन्ध्रौँ डी सिने अवार्डमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतम पुरस्कृत भएका छन् । गौतमलाई नगद राशि पन्ध्रहजार सहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ मार्फत नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द, सङगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री बसुन्धरा भुसाल, छाँयाछवि क्रियशनका अध्यक्ष शान्ति प्रिय लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए। पत्रकार गौतम डेढ दशक थाहासञ्चार नेटवर्कमा आबद्ध थिए। उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्। चलचित्र पत्रकार सङघ नेपालको मकवानपुर शाखाको संस्थापक सचिव, दुई कार्यकाल अध्यक्ष समेत भईसकेका गौतमले केही चलचित्रमा अभिनय गरेका छन् । उनलेे चलचित्र निर्माणमा समेत सहकार्य गरेका छन् । पुरस्कृत अध्यक्ष गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने बताए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts