बागमती गाउँपालिकामा स्काउटको दोस्रो फ्रेण्डसिप क्याम्प सम्पन्न

11

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा ३ दिवसीय फ्रेण्डसिप क्याम्प आज  शुक्रबार  सम्पन्न भएको छ । नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट समितिको व्यवस्थापन तथा बागमती गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा जेठ २ गतेबाट आयोजित दोस्रो फ्रेण्डसिप क्याम आज सम्पन्न भएको हो ।

क्याम्पमा मकवानपुरका दुई पालिकाबाट ८ विद्यालयको सहभगिता रहेको थियो । बागमती गाउँपालिकाबाट सूर्य मावि, देवकी मावि  र जनता मावि गरी ३ विद्यालय र हेटौंडा उपमहानगरपालिकाका हेटौंडा एकेडेमी     ,महेन्द्र मावि, फेमिकल एकेडेमी, बालज्योति माविर  रकृष्णआदर्श मावि गरी ५ विद्यालयले सहभागिता जनाएका थिए ।

क्याम्पमा ८ विद्यालयका स्काउट बालबालिका, स्काउट शिक्षक, काठमाडौं,ललिपुर, भक्तपुर, चितवन, सर्लाही, रौतहट, बारा, मकवानपुर लगायतका जिल्लाहरुबाट रोभररेन्जर तथा स्काउटरहरु गरी दुई  सय ७३ जनाको सहगिता रहेको थियो ।

क्याम्पको पहिलो दिनमा अध्यक्ष संग स्काउट बालबालिका कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा स्काउट बालबालिकाहरुले सोधेका एघार प्रश्न तथा जिज्ञासाको जवाफ बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जवाफ दिनु भएको थियो ।

तीन दिवसीय उक्त क्याम्पमा सहभागी बालबालिकाहरुका लागि सुपर मेन, वो मेघा जम्प, मङ्की क्रलिङ, कमाण्डो ब्रिज, मङ्की ब्रिज,  , टायर वाल क्लाइम्विङ, टनेल क्रसिङ, सन ब्लाइण्ड, अफ सेलिङ,  वाल क्लाइम्विङ, रक क्लाइम्विङ, टच टु टार्गेट  लगायतका सहासिक क्रियाकलाप सञ्चालन भएको स्थानीय स्काउट समितिका आयुक्त राज कुमार राईले जानकारी दिनु भयो ।

त्यस्तै सहभागी विद्यालयका बालालिकाहरुमा  मार्चपास प्रतियोगिता,साहसिक क्रियाकलाप प्रतियोगिता तथा  परम्परागत फेसन शो प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । फेशन शो प्रतियोगितामा हेटौंडाको बालज्योति मावि प्रथम, महेन्द्रमाध्यमिक मावि दोस्रो र फ्यामकोल एकाडेमीले तेस्रो स्थान हासिल गरेका छन्। यसैगरी मार्चपास प्रतियोगितामा बागमती गाउँपालिकाको सूर्य मावि प्रथम, हेटौँडा एकाडेमी दोस्रो र महेन्द्र मावि तेस्रो स्थान हासिल गर्न सफल भए । यस्तै क्याम्पमा सहभागिता जनाएका स्काउट बालालिकाहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै साहसिक क्रियाकलापमा उत्कृष्ट बालालिकाहरुलाई मेडल वितरण गरिएको थियो ।

क्याम्पको दोस्रो दिनमा ग्राण्ड क्याम्प फायर भएको थियो । क्याम्प फायरमा सहभागी विद्यालयका बालबालिकाहरुले समूहगत तथा एकल एवम् युगल आकर्षक नृत्य प्रदर्शन प्रदर्शन गरेका थिए  । बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे स्थित  महाबुद्ध आधारभूत विद्यालयमा सञ्चालित तीन दिवसीय  क्याम्प स्थानीय स्काउट समितिका प्रमुख आयुक्त राजकुमार राईको सभापतित्वमा भएको थीयो ।क्याम्पको उद्‍घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य रहेको थियो ।

त्यसैगरी दोस्रो दिन र समापन समारोहमा प ेकोहसिक क्रियाकलाप  बागमती गाउँपालिकाको अध्यक्ष एवम् स्थानीय स्काउट संरक्षक सर्केश घलान प्रमुखआतिथ्य रहेको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष एवम् स्थानीय स्काउट समिति संयोजक फणिन्द्र कुमार तिमल्सिना, वडा अध्यक्षहरु यहुन्ना राई, जनक पहरी,कमान सिं पाख्रिन, दन्तलाल माझी “किरण”, विजय भोलन, उत्तरबहादुर भोलन लगायतको उपस्थिति रहेको थियो  ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान,  नेकपा माओवादी केन्द्र बागमतीका गाउँकमिटी अधक्ष्य अरुण बल, स्काउट राष्ट्रिय परिषद्का अशोक कुमार सारु मगर, सुरेन्द्र करारञ्जित, नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति शंकर कुमार पराजुली आदिको उपस्थिति रहेको थियो । क्याम्पमा विभिन्न संघसंस्था, राजनैतिक दलका व्यक्तिहरू, समाजसेवी र बुद्धिजीवि हरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: