मकवानपुरको मनहरीमा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको ज्यान गएको छ ।
हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका बर्ष ५४ को काले बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर यरियामा गोठालो गएका राईलाई बिहिबार बेलुकी करिब ४ बजे तिर घर फर्कने क्रममा आक्रमण गरेको थियो हात्तीको आक्रमणबाट जोगिन झण्डै ५ सय मिटर भाग्ने प्रयास गरेको तर खोल्सीमा पुग्दा हात्तीले भेट्टाई मारेको र मृतक राईको टाउको क्षतबिक्षत अवस्थामा फेला परेको थियो।