बागमतीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

20

बागमती – मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा आर्थिक वर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि सञ्चालन गरिएको जनतासँग जनप्रतिनिधिको पहिलो दिन आज समापन भएको छ। कार्यक्रम बागमती गाउँपालिकाको सभाहलमा भएको हो। वडा नं ४ को जनताहरुबाट आज बजेट निर्माणको लागि सल्लाह लिँदै कार्यक्रमको समापन भएको थियो। कार्यक्रम वडा न ४ का वडाध्यक्ष दन्तलाल माझीको सभाध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा पालिका अधक्ष्य सर्केश घलान रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष घलानले उत्पादनमुलक क्षेत्रमा नीति तथा कार्यक्रम ल्याई बजेट निर्माण गर्न सके मात्र पालिका आत्मनिर्भरर स्वावलम्बी बन्ने विचार व्यक्त गर्नुभएको छ। कार्यक्रममा वडा न ४ का समाजसेवी , बुद्धिजीवी र विभिन्न संघ संस्थाकाबाट आबद्ध भएका व्यक्तित्वहरुबाट सिंचाई, तटबन्धन र कृषि उत्पादनमूलकराय सुझाव राखेपछि घलानले जनचाहना अनुरूप नै बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अबको सन्दर्भमा आफ्नो खुट्टामा आफै उभिन सके सबै क्षेत्रमा विकास हासिल गर्न सकिने र शिक्षा , स्वास्थ्य, खानेपानी ,यातायात र विकाससँग जोडिएका अन्य कुराहरू प्राप्त गर्नका लागि पनि पहिले आफू सक्षम हुनुपर्ने र सक्षम बनाउने एउटा मात्रै मार्ग कृषि उत्पादन रहेको उहाँले बताउनुभयो। आगामी दिनहरूमा पालिकालाई स्वावलम्बी बनाउन वस्तु तथा सेवाको उत्पादनमा जोड दिने किसिमको बजेट निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा माधव कुमार अर्याल र राजन दाहाल लगायतका कृषि विज्ञहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: