बागमति,जेठ ३: मकवानपुरको बागमती गाउँपालिका– ४ सादेपुल स्थित मदन भण्डारी राजमार्गमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का व्यावसायी केशव प्रसाद मुडभरीको मृत्यु भएको हो।
बुधबार राति बागमतीको भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्रिसडकमा ना ७ त २२५९ नम्बरको रोकिराखेको ट्याक्टरमा ना.६६ प ९३०३ नम्बरको स्कुटर ठोक्किर ठोक्किँदा मुडभरी गम्भीर घाइते भएका थिए ।
अनुहार, टाउकोमा चोट लागेको र बोल्ने नसक्ने अवस्थामा घटनास्थलबाट उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको । ट्याक्टर चालक सिन्धुली कमलामाई ९ भिमान बस्ने बर्ष अन्दाजी बर्ष ४१ को खड्क बहादुर बुढाथोकी लाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ।मृतक मुडभरी हेटौडा पदम पोखरीको फेमकोल एकेडेमीका प्रिंसिपल तथा पूर्व संचारकर्मी समेत हुन् ।