15
सिन्धुली ,जेठ १: सिन्धुलीको दुधौली नगरपालिका ११ मरघट्टीको कमला नदीको किनारमा आज दिउसो एक महिलाको बेबारिसे लाश फेला परेको छ। अन्दाजी ४०/४५ बर्षकी नाम ,थर ,ठेगाना महिलाको लाश सडेगलेको अबस्थामा फेला परेको सिन्धुली जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले बताउनु भएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात लास पोष्टमार्टमको लागि शब नगर अस्पताल सिर्थौली पठाईएको नायव उपरीक्षक खड्काले बताउनु भएको छ।