हरिहरपुरगढीमा जेठ ६ गते शारीरिक अपाङ्ग‌ता परीक्षण घुम्ती शिविर हुदै

सिन्धुलीको हरिहरपुरगढीमा शारीरिक अपाङ्ग‌ता परीक्षण घुम्ती शिविर हुने भएको छ।
विकलाङ्ग मित्र समूह / अपाङ्ग वाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्यमा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको लागि स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर आगामी जेठ ६ गते हुने भएको हो।
शिबिरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र/बाहिर फर्केको,खुट्टा लुलो र कमजोर भएको,जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गीएको वा खुस्किएको जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गीएको वा खुस्किएको ,औंलाहरू एक-आपसमा टाँसिएको वा बढी भएको,शरीरमा राखिएको स्टिल, पाता वा रड झिक्नु परेमा, हिड्दा घुँडा जोडिने/ठोकीने/भित्र/वाहिर फर्केको ,आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको ,हात/खुट्टा भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको ,ढाड बाङ्गो वा कुप्रो भएको ,हड्डी पाकेर लामो समय देखि पिप आईरहने, कृत्रिम अङ्ग र सहायक सामग्रीको आवश्यकता भएकाहरू,अन्य हाडजोर्नीसँग सम्बन्धित अपाङ्गता भएकाहरूको उपचार हुने भएको छ
शिबिर हरिहरपुरगढी गाउँपालिकको सभा हल, झनझनेमा हुने भएको हो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: