हेटौडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

हेटौंडामा तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको १ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा भएको थियो । अभिमुखिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवंम नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।
यसैगरी अधिवक्ता अमृत लामा, भाषाविद जीवन मोक्तान, राजनितिज्ञ एवंम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले तामाङ पत्रकार तथा तामाङ, तामाङ समुदायका ब्यक्तिहरुलाई अभिमुखिकरण तालिम दिनुभएको थियो । अभिमुखिकरणमा ३२ जनाको सहभागि रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवा तामाङ भाषा कामकाजि भाषा लागु गराउन निकै संघर्ष गर्नु परेको बताएका थिए । अधिवक्ता लामाले तामाङ समुदायको भाषा, संस्कृति , अधिकार सम्बन्धि कानुनि बिषयमा प्रष्ट्याएका थिए ।
प्रशिक्षक भाषाविद जीवन मोक्तानले ईतिहासिक देखि बर्तमान अवस्थामा भाषा संस्कार, परम्परागत रुपमा चलिआएको चालचलन र विवाह संस्कार, प्रथा अन्य विविध बिषयमा जानकारी गराएका थिए । प्रशिक्षक भाषा विद मोक्तानले वि।सं १९९० तामाङ भनेर चिनिने कानुन निर्माण भएको बताएका थिए । यसै गरी तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श थोकरले पत्रकारिता क्षेत्रको अनुभव र उद्धयमान तामाङ पत्रकारहरुले कसरी पत्रकारित गर्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक राजनितिकज्ञ बनस्तम थिङले पत्रकारिता क्षेत्रको हिसावमा तामाङ पत्रकारहरुले अझै छलाङ मार्नु पर्ने बताए । तामाङ समुदायलाई अगाडी बडाउनको निम्ति र अधिकारको बिषयमा कलम चलाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव किरणमान बल, मकवानपुर तामाङ कलाकार संघका सचिव बिक्रम लुङ्बा र सदस्य हेमकुमार तितुङ , नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार सानु लामा दोङ, राजकुमार गोले र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: