बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्दै

21

बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते वडा नम्बर ४ मा स्थानिय ,बुद्धिजीवी ,संघ संस्था,पत्रकार ,खेलप्रेमी, शिक्षाप्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध गरि पालिकाले सुचना जारि गरेको छ । कार्यक्रम दिउँसो २ बजे बागमती गाउँपालिका को सभाहलमा हुने बताइएको छ ।

436510355 3839054772983215 6337844727600930175 n 1

बागमती गाउँपालिका आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणको लागि बजेटलाई यथार्थपरक र जनचाहना अनुसार बनाउन आवश्यक सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गर्न लागेको सूचनामा उल्लेख छ।

कार्यक्रम बागमती गाउँपालिकाको सबै वडाहरुमा सन्चालन हुनेछ ,वडा नम्बर ४ को कार्यक्रम सकिए लगत्तै अन्य वडाहरुमा पनि सूचना मार्फत सबैलाई जानकारी गराई जनतासंग जनप्रतिनिधि कार्यक्रम राख्ने योजना रहेको बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले बताउनु भएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: