हरिहरपुरगढीमा एकिकृत घुम्ती शिबिर सुरु ,पालिकाको सबै वडामा संचालन हुने

हरिहरपुरगढी गाउँपालिकाले एकिकृत घुम्ती शिबिर सुरु गरेको छ। आथिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासिक भत्ता पनि घुम्ती शिबिरमा वितरण गरिरहेको छ।आइतबार पालिकाको १ नम्बर वडा कार्यालय सानो जितपुरमा शिबिर संचालन भएको हो।

441069874 977291751072961 739901159166839503 n


शिबिरमा सामाजिक सुरक्षा भत्ता वितरण ,पशु उपचार सेवा ,कृषि सेवा ,स्वास्थ्य सेवा,ब्यबसाय दर्ता सेवा प्रदान गरिएको छ।
शिबिरमा ११० जना सेवाग्राहीले लाभ लिएका छन् ,साथै स्वास्थ्य जाच गरि औषधि वितरण पनि गरिएको थियो।
घुम्ती शिबिरमा सिटिजन्स बैंक हरिहरपुरगढी शाखाका कर्मचारी ,हरिहरपुरगढी गाउँपालिकाको शाखागत कर्मचारी, वडा नम्बर १ का वडा अध्यक्ष जीत बहादुर थिङ्गको उपस्थिति रहेको थियो।
नियमित हुदै आईरहेको एकिकृत घुम्ती शिबिर पालिकाको ८ वटै वडामा हुने पंजीकरण शाखा प्रमुख मनोराज घिसिङ्गले बताउनु भएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: