Skip to content

हरिहरपुरगढी क्वाटरमा ४५ दिने सिलाई कटाई तालिम सम्पन्न

हरिहरपुरगढी क्वाटरमा ४५ दिने सिलाई कटाई तालिम सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकाको ‌आर्थिक सहयोग तथा श्री नमो बुद्ध सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिवसीय सिलाई कटाई तालीम हरिहरपुरगढी -७ क्वाटरमा आज सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङ , विशिष्ट अतिथि हरिहरपुरगढी-७ का वडा अध्यक्ष बीच बहादुर मुक्तान ,अतिथिहरू क्यानेश्वर मा.बि .प्र.अ. दिपक प्रसाद गौतम ,स्वास्थ्य इन्चार्ज मिथलेश प्रसाद ठाकुर ,महाकुशेश्वरी प्रा.वि.का प्र.अ.बुद्धलक्ष्मी मैनाली,क्यानेश्वर प्रहरी चौकीका राम नारायण राउत तथा सिध्दी बहादुर लामाको सभाअध्यक्षतामा कार्यक्रम समापन भएको थियो।
तालिममा २१ जना प्रशिक्षार्थीले निरन्तर तालिममा सहभागिता भएका थिए ,प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङले प्रमाणपत्र वितरण गर्नुभएको छ।कार्यक्रममा बोल्दै उपाध्यक्ष चेखबहादुर थिङले यो तालिमले महिलाहरुमा आत्मनिर्भरता तथा सिपको विकास भई स्वरोजगार बन्न सक्ने बताउनु भएको छ। श्री नमो बुद्ध सामुदायिक सिकाई केन्द्र वार्षिक रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts