एमाले हरिहरपुरगढीको दोस्रो अधिबेशन जेठ ११ गते भलखडामा हुने

40

नेपाल कम्युनिस्ट पार्टी एमाले हरिहरपुरगढीको दोश्रो पालिका अधिबेशन यहि जेठ ११ गते हुने भएको छ। आज बसेको बैठकले हरिहरपुरगढीको भलखडामा अधिबेशन कार्यक्रम हुने निर्णय गरिएको हो।
आज हरिहरपुरगढी चैनपुरमा नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटी अध्यक्ष मानबहादुर वाईबाको अध्यक्षता,केन्द्रिय कमिटी सदस्य कमल जंग राईको प्रमुख आतिथ्यता ,बागमती प्रदेश कमिटी उपाध्यक्ष एबंम बागमती सरकारका पुर्ब कृषि मन्त्री दावा दोर्जे लामाको बिशेष उपस्थितमा बसेको पालिका बैठकले पचास जनाको अधिबेशन आयोजक कमिटी गठन गरेको छ। बैठकमा प्रदेश कमिटी सदस्यहरु गोबिन्दलाल माझी,हिरा लामा,कौशल कोइराला,सिन्धुली जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेब श्रेष्ठ सहित पदाधिकारीहरु,पुर्ब कमलामाई नगर प्रमुख खड्ग खत्री समेतको उपस्थिति रहेको थियो।
बैठकले मानबहादुर वाइबाको संयोजकत्वमा आयोजक समिति पनि गठन भएको छ। हाल पचास जनाको पालिका कमिटी रहेकोमा दोश्रो अधिबेशनबाट पदाधिकारी सहित कुल पैंतालीस सदस्यीय पालिका कमिटी निर्बाचित गर्नेछ। पार्टी भित्र कुनै गुट उप गुट नरहेको यस पालिकामा सर्बसहमती बाट नेतृत्व चयन गरेर अधिबेशन सम्पन्न गर्ने पालिका सचिब सत्यमान मोक्तानले बताएका छन्

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: