सिन्धुलीको हरिहरपुरगढीमा डढेलो नियन्त्रण गर्न वनमा ड्रोन उडाइयो

सिन्धुलीको हरिहरपुरगढीमा डढेलो नियन्त्रण गर्न वनमा ड्रोन उडाउने काम सुरु भएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचानका लागि स्थानिय तहसँग समन्वय गरेर वनमा ड्रोन उडाउन सुरु गरेको हो।

प्रायजसो जंगलमा अधिकांश आगलागी मानवीय कारणले भएको हुदा त्यसको नियन्त्रणका लागि वनमा ड्रोन उडाउन सुरु थालिएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय मानन्धरले बताउनु भएको छ । ड्रोनको सहायताले डढेलो लगाउने व्यक्ति पहिचान हुनेछ । ‘जंगलमा ९६ प्रतिशत बढी डढेलो मानवीय कारणले भइरहेको छ । ड्रोनले जंगलको सबै भिडियो कैद गर्ने र भिडियोमा सबै प्रष्ट देखिने भएकाले जंगलमा आगो सल्काउने व्यक्ति पहिचान गर्न सजिलो हुने भएकाले ड्रोन उडाएर निगरानी गर्न थालिएको बताउनु भएको छ। नेपालमा ६४ प्रतिशत डढेलो मानिसले जानीजानी लगाउने गरेका छन् त्यस्तै ३२ प्रतिशत लापर्बाहि र ४ प्रतिशत विविध कारण डढेलो लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।
हाम्रो मुख्य उद्धेश्य भनेको वनमा मानवीय कारणले डढेलो लाग्न नदिनु हो । जिल्लाका चार पालिकासँग समन्वय गरेर ड्रोनबाट वनमा आगो लगाउने व्यक्तिको निगरानी गरेका छौँ’, उहाँले भन्नुभयो । स्थानिय सरकारसँग ड्रोन भएकाले डढेलो नियन्त्रण गर्न नविनतम कदमको सुरुवात गरिएको डिएफो मानन्धरले बताउनुभयो ।
आइतबार हरिहरपुगढी गाउँपालिका क्षेत्रको वनमा ड्रोनबाट डढेलो लगाउने व्यक्तिको निगरानी गरिएको थियो । झण्डै दुइ देखि तीन घण्टा सम्म वनमा ड्रोन उडाइएको थियो । डिभिजन वन कार्यालय मरिण मातहत पर्ने मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र सुनकोशी गाउँपालिकामा ड्रोनबाट डढेलो लगाउने व्यक्तिको निगरानी हुने डिएफो मानन्धरले बताउनुभयो । ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरि कारबाहि गरिने उहाँ बताउनु भएको छ । ‘

वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

यस वर्ष सिन्धुलीमा करिब चार हजार बढी हेक्टर भन्दा बढि क्षेत्रफलमा आगलागी भएको छ । डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिणको तथ्यांक अनुसार जिल्लाको नौँ पालिकाको चार हजार तीन सय ८० हेक्टर वनमा डढेलो लागेको हो । नौ स्थानिय तह मध्ये सबै भन्दा बढी तीनपाटन गाउँपालिकाको जंगलमा डढलो लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो लागेको छ ।

त्यस्तै, कमलामाई नगरपालिकाको भिमानको जंगलमा ९ सय २० हेक्टर क्षेत्रफल, शिद्धेश्वर २ सय ८७ हेक्टर र रानिबासको १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । हालसम्म दुधौलीको हर्षाही लगायत विभिन्न जङ्गलमा २८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने गोलन्जोरको १ सय ३ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको र फिक्कलको ३ सय ३५ हेक्टरमा आगो लागेको छ । सुनकोशी गाउँपालिका ५ हरियाली सामुदायिक वनमा १ सय हेक्टर, सुनकोशी गाउँपालिका ३ को राष्ट्रिय बनमा ८० हेक्टर र घ्याङलेख गाउँपालिकामा ९० हेक्टर बनमा डढेलो लागेको छ ।
यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: