सिन्धुली,बैशाख २१: सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाको उपाध्यक्ष चढेको गाडी दुर्घट्ना भएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा जिल्ला स्तरिय गोष्ठी कार्यक्रममा सहभागी भई घर फर्किने क्रममा पालिका उपाध्यक्ष शंकरमान घलान चढेको बुलेरो घ्याङ्लेख गाउँपालिका ४ शिखरभञ्ज्याङमा दुर्घट्ना भएको हो।
उनि चढेको बा २ झ ४३९७ नम्बरको गाडी सडकबाट अन्दाजि १५ मिटर खसेको थियो । गाडी रुखमै अड्कीएको थियो ,गाडीमा उपाध्यक्ष घलानको श्रीमति पनि सवार थिइन। गाडीमा सवार उपाध्यक्ष, उपाध्यक्षकि पत्नी ३९ वर्षिय नानीमाया घलान र सवारी चालक राजकुमार वाईबा सामान्य घाईते भएका छन् । उपाध्यक्ष घलानको दुवै हातमा, नानीमायाको ढाँडमा र चालक वाईबाको खुट्टामा चोट लागेको छ ।
घाइते तिनैजनालाई उपाचारको लागि काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।