बागमतीमा बिपद ब्यवस्थापन तथा वातावरण संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

18

बागमती ,बैशाख १८:जिल्ला समन्वय समिति ,मकवानपुरको आयोजनामा बिपद ब्यवस्थापन तथा वातावरण संरक्षण सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार बागमती गाउँपालिका सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अथिती सर्केश घलान रहनु भएको थियो।
कार्यक्रममा बिपद ब्यवस्थापन तथा बाताबरण संरक्षणबारे आफ्नो मन्तव्य राख्दै पुलामीले मानव सिर्जित प्रकोप बड्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न नसके बिकराल अवस्था आउन सक्ने बताउनु भयो।साथै प्राकृतिक प्रकोपलाइ नियन्त्रण गर्न पुर्णतया नसके पनि राज्यले गरेको लगानी सहि सदुपयोग हुनु पर्ने बताउनु भयो ।
नेपालमा आगो,पानी र सबारी साधन दुरुपयोगका कारण हुने गरेका विभिन्न दुर्घटना र बिपदलाई न्यूनीकरण गर्न यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिनु भयो। हाम्रो क्षेत्रमा हुने गरेका अधिकांस मानवीय बिपद सम्वन्धी जानकारी नहुदा भैरहेको बागमती गाउपलिका अध्यक्ष सर्केश घलानले बताउनु भयो। अध्यक्ष घलानले चेतनशिल नागरिकहरुनै जिम्मेवार हुनु पर्ने बताउनु भयो। बन सम्वन्धी हुने गरेका बिपदलाई सम्वन्धित सामुदायिक बन उपभोक्त समितिले त्यस क्षेत्रका उपभोक्तलाई आगोलागि र त्यसबाट हुने धनजनको बिनास बारे अभिमुखिकरण तालिम दिनु पर्ने बताउनु भयो। त्यस्तै मानिसकै लापरबाहीका कारण विपक्ष र दुर्घटना धेरै बढेको मकवानपुर प्रहरी उपरीक्षक सितराम रिजालले बताउनु भयो।

कार्यक्रममा सबारी दुर्घटनाका कारण हुन सक्ने बिपदलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी प्रमुख बसन्त रिजालले ट्राफिक नियम र कानुनी ब्यवस्था बारे जानकारी गराएका थिए। त्यस्तै जलको कारण हुने गरेका बिपदलाइ न्यूनीकरण गर्न जल तथा भू ब्यवस्थापन बरिष्ठ अधिकृत सृजना गुरुङले जल वा पानीको कारण हुने गरेका बिपदको बारेमा बोल्नुभएको थियो । उहाँले मकवानपुर जिल्लाको ५७.४१ प्रतिशत भूभाग कमजोर चुरे क्षेत्र छ। यो एकदम कम्जोर भूभाग भएको पनि जानकारी गराएका थिए। अहिले केही केही बिपद मानिसले तत्काल नतिजा खोज्न खोज्दा आगोलागी र बाढी पहिरो जस्तो बिपद देखा परेको उहाँले बताए ।मकवानपुर जिल्ला बन अधिकृत बसन्तराज गौतम बाताबरणिय पार्यबरण जोगाउन प्रत्येक नेपालीको कर्तव्य भएको बताउदै ,बन क्षेत्रमा भैइरहेको आगोलागी,बाढी पहिरोले मानव जातिमा निकै असर परि रहेको बताए। यसका कारण विभिन्न रोग फैलिरहेको बताउनु भयो।

त्यस्तै, प्राकृतिक वा मानव सिर्जित विभिन्न बिपदलाइ न्यूनीकरण गरि पृथ्वीमा भएको सबै प्रणीको जीवन सुरक्षीत गराउने उदेश्य भएको यस कार्यक्रममा बागमती गाउँपालिकाको निर्वाचित जनप्रतिनिधि ,शिक्षक ,कर्मचारी , सामुदायिक बन र विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: