बागमती गाउँपालिकामा ट्राफिकद्वारा मापसे चेक सुरु

बागमती बैशाख १८:मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरेमा मापसे चेकजाँच गर्ने भएको छ। मंगलबार बागमती गाउँपालिकाको कार्यलयले मापसे चेक गर्ने सामाग्री वितरण गरिए पछि चेकजाँच हुने भएको हो । बागमती गाउँपालिकाको विभिन्न ठाउँमा मापसेका कारण धेरै दुर्घटना हुन थाले पछि बागमती गाउँपालिकाले विशेष चासो राखेको थियो। मापसे कारण चालक र दुर्घटनाको कारण सर्बसाधरणलाई समेत जोखिम देखिए पछि मापसे चेक जाँच गर्न लागेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

सर्बसाधारणको जिउ ज्यानको सुरक्षा र सबारी चालकहरु सचेत होस भन्ने उदेश्यले मापसे चेकजाँच मेसिन वितरण गर्दै अध्यक्ष घलानले नियम कानुन पालन गरि आफू र अरुको ज्यान सुरक्षीत गर्ने दायित्व सबैको भएको बताउनुभयो। मापसे मेसिन वितरणको क्रममा प्रदेश सभासद माननीय प्रेम बहादुर पुलामी , मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान, मकवानपुर प्रहरी उपरीक्षक सितराम रिजाल , जिल्ला ट्राफिक बसन्त रिजाल , बागमती गाउँपालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान लगायतको उपस्थिति रहेको थियो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: