मेरो पत्र Logo

हरिहरपुरगढीको हाकपारामा घर घरमा घारामा पानी

लेखक
मेरो पत्र
ad
हरिहरपुरगढीको हाकपारामा घर घरमा घारामा पानी
adad

हरिहरपुरगढी,बैशाख १२: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका – ४ हाकपारामा खानेपानी उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । घर घरमा पानीको धारा पुगेपछी स्थानीय धेरै खुशी छन ।एक धारा अभियान अन्तर्गत हाकपाराका १ सय ६७ घरधुरीमा प्रत्येक घरमा एक धारा पुर्याइएको छ।खानेपानी उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले उद्घाटन गरेर सबै उपभोक्ताको घरधुरीमा खानेपानी हस्तान्तरण गरिएको थियो, कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, इन्जिनियर भिष्मदिप सुनुवार लगायतको उपस्थिती रहेको थियो।

कुल १ करोड २३ लाख लागतमा लिफ्ट प्रविधिबाट मरिण खोलाको पानी माथी डाडाँमा पुर्याएर ट्याङकी मार्फत गाउँमा खानेपानी वितरण गरिएको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष कमल कुमार राईले जानकारी दिनुभयो ।

पहिले कुवाबाट पानी बोकेर सास्ती पाएकोमा अहिले आफ्नै घरमै धारामै पानी आएपछि खुसी ब्यक्त्त गर्दै स्थानिय रेजिना राईले मेरोपत्रलाई बताएका छन ।

सेयर गर्नुहोस्: