Skip to content

बागमतीमा डिप बोरिङको लागी ई.आर.टी. सर्वे सम्पन्न

बागमतीमा डिप बोरिङको लागी ई.आर.टी. सर्वे सम्पन्न
प्रकाशित:
शब्दको आकार

बागमती ,बैशाख १३:बागमती गाउँपालिकामा डिप बोरिङको लागि इ.आर.टी. सर्बे भएको छ। आज १३ गते बागमती गाउँपालिक वडा नम्बर ४, लम्कना र वडा नम्बर ८ को सात्तले गाउँमा भएको हो। किसानको कृषि उत्पादनलाई वृद्धि गर्ने हेतुले बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा डिप बोरिङ बन्न लागेको स्रोतले जानकारी दिएको छ।

एकीकृत उर्जा तथा सिंचाइ विशेष कार्यक्रम कार्यलय पुल्चोक ललितपुरबाट यस डिप बोरिङ कार्यक्रम हुने जनाएको छ। डिप बोरिङ्को टेन्डर भैसकेकोले केही दिनमै काम सुरु हुने बताएको छ। झन्डै २ करोडको लगानीमा डिप बन्ने भएको छ।

सर्बे गर्ने कार्यमा वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझि ,माओवादी केन्द्र बाग्मतीका अध्यक्ष अरुण बल ,पुर्ब वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमतीको सचीव रहर सिं थिङ , बाग्मती गाउँपालिका कार्यपालिका सदस्य सुनिता नेगि,वडा सदस्य हेम थिङ ,मुना माझी ,सुजन पाख्रीन, भूमिलाल माझीले सहजीकरण गर्नु भएको थियो भने प्राबिधिक मनोज खतिवडा , ज्ञानेद्र अधिकारी रहेका थिए। सर्बेमा लम्कना र बाग्मती ८ सात्तलेका समाजसेवी बुद्धिजीवी तथा समुदायका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts