सिन्धुलीको गोलन्जरमा बनको आगो बस्तीमा ३ घर जल्यो

सिन्धुली: सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ६ गैरीगाउँ बलेनी सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा ३ घर र एउटा गोठ जलेर नष्ट भएको छ ।
हिजो मंगलबार साँझ ५ बजेतिर वनको डढेलो वस्तीसम्म पुगेको थियो । आगलागीबाट गैरीगाउँका बेद कोइरालाको ढुङ्गा माटो र काठले
बनेको जस्ताले छाएको घर र ढुंगा माटोले बनेको जस्ताको छानो भएको गोठ पनि पुर्ण रुपमा जली नष्ट भएको छ , ईन्द्र लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटोले बनेको घर जली पुर्ण रुपमा नष्ट भएको छ र तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा
घर जली पुर्ण रुपमा नष्ट भएको छ आगलागीबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: