सिन्धुली ,बैशाख १०:सिन्धुलीको मदनभण्डारी राजमार्गको दुधौली नगरपालिका – ७ डम्मरखाडीमा आज सोमबार हाइस गाडी र कार ठोक्किएर दुर्घटना भएको छ। कटारीबाट भिमान तर्फ आउदै गरेको काभ्रे मंगल देउपुर -.१० का रवीन्द्र नेपालले चलाएको बा ५ ख ७३० नम्बरको हाएसलाई भिमानबाट कटारी तर्फ जादै गरेको काठमाण्डौ-३२ का श्याम प्रसाद उपाध्यले चालाएको बा.७.च ९७९० नम्बरको होन्डाई कारले ठक्कर दिई दुर्घटना भएको थियो ,कारमा सवार रन्जु कुमारी घिमीरेको बाया घुडा,हात,मुख लगाएत शरीरको विभिन्नभागमा चोट लागेको छ उनको कटारी स्थीत सगरमाथा हस्पिटलमा उपचार भईरहेको छ त्यस्तै हाईसमा सवार सुनसरी दुहबी -.४का देवी आचार्यको निधारमा सामान्य चोट लागेको उनको कटारी अस्पतालमा उपचार भई रहेको छ ,ललितपुर महालक्ष्मी- ३ का निरज खडका, निशा पोखरेल,
त्रिशन खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ |
मोरङ बेलबारी -३ कि सिता राईको ,विराटनगर -१९ का शारदा श्रेष्ठ,मोरङ बेलबारी- ६ कि प्रतिष्ठा चौधरी,प्रिया लिम्बु, यन्सु हाङमा लिम्बु,उदयपुर कटारी – ८ कि सन्जु थापा मगर सामान्य घाइते भएकोमा स्थानिय प्रयाग पोलोक्लिनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।