हेटौडाको रामनगरमा घरमा आगलागी

22

हेटौडा बैशाख ४ :मकवानपुरको हेटौडा – ६ रामनगरमा मंगलबार साझ आगलागी लागेको छ। रामनगरका आत्म लाल चौलागाईको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भई आगलागी भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभएको छ।
त्यस्तै घर नजिकै पश्चिम पट्टी रहेको आत्म लालका भाई लिलानाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोको रापले फुट्न गई प्रकाश चौलागाई टाउकोमा चोट लागेको छ उनलाई नजिकैको मेडिकलमा सामान्य उपचारपछि घर फर्काइएको छ ,हेटौंडा उपमहानगरपालिकाको दमकल,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। क्षतीको अन्य विवरण आउन बाँकी रहेको प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: