सिन्धुली ,बैशाख १:नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । गत बुधबारबाट सुरुभएको आठौँ अधिवेशनबाट जिल्ला कमिटिको आठौ अधिबेशनबाट अध्यक्षमा श्रेष्ठ ४ सय ४१ मत प्राप्त गर्दै भारि मतले विजयी भएका हुन ।
श्रेष्ठले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १ सय ३७ मत अन्तरले पराजित गरेका हुन् । कार्कीले ३ सय ४ मत मात्र प्राप्त गरेका छन ।
यस्तै कर्णबहादुर घिसिङ पुन उपाध्यक्षमा दोहोरीएका छन । उनले खडगबहादुर रजन (धिरज) लाई ५३ मतले पछि पार्दै दोस्रो पटक उपाध्यक्ष पदमा बाजी मारेका हुन । घिसिङले ३ सय ९४ मत प्राप्त गरेका छन भने धिरजले ३ सय ४१ मत पाएका छन ।
अधिवेशनबाट सचिव पदमा नवराज थिङले ४ सय १ मत प्राप्त गर्दै विजयी भएका छन । उनकोे निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३ सय २८ मत प्राप्त गरे । बराल सातौं अधिवेशनमा सर्वसम्मत सचिवमा चयन भएका थिए ।
उपसचिव (खुलातर्फ) दिपेश बराल र महिला तर्फ पार्वती भट्टराई विजयी भएका छन । बरालले २ सय ३५ मत प्राप्त गरि विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १ सय ५६ मत, राजु बरालले १ सय ५१, टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गरेका छन ।
उपसचिव (महिला) मा भट्टराईले सर्वाधिक ४ सय ८४ मत पाएर विजयी भएकि हुन । उनको प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेल २ सय २० मत पाएकी छिन ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो । निर्वाचनमा कुल सात सय ८३ मतदाता रहेकोमा ७ सय ५४ जनाले मतदान गरेका थिए । जिल्ला कार्यसमितिमा चयनका लागि भएको निर्वाचनमा सदस्यहरुको मतगणना भने भोलीसम्मका लागि स्थागीत गरिएको छ । यस अघि लेखा समिति संयोजकमा संजय कुमार दाहाल लगायत ३६ जना सर्वसम्मत चयन भईसकेका छन ।