बागमति :मकवानपुरको बागमती गाउँपालिका – १ मा रहेको सूर्य माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा प्यानल सहित अध्यक्षमा
बिर बहादुर राई बिजयी भएका छन्। समितिका चार सदस्य चयनका लागि हिजो शुक्रबार चुनावभएको थियो ।
दलीय समूह खडा गरी गरिएको चुनावमा एमाले र कांग्रेसको संयुक्त गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकाे प्यानलबाट चार सदस्य विजयी भएका हुन् । माओवादी प्यानलवाट दिल कुमारी घिसिङले निर्वाचन चिन्ह कुर्सीमा १ सय ४५ मत, सरिता राईले निर्वाचन चिन्ह चस्मामा १ सय ४४ मत जय बहादुर पाख्रिनले निर्वाचन चिन्ह घरमा १ सय ४५ मत र पूर्ण बहादुर गोलेले निर्वाचन चिन्ह रेडियोमा १ सय ४५ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, कांग्रेस र एमाले प्यानलबाट उम्मेवारी दिएका सजना बाेम्जन, मिना राई, यज्ञबहादुर श्रेष्ठ र दिल बहादुर बोम्जन पराजित भए । बाेम्जनकाे निर्वाचन चिन्ह किताब, राईको निर्वाचन चिन्ह भित्ते घडी, श्रेष्ठको निर्वाचन चिन्ह पंखा र बोम्जनको निर्वाचन चिन्ह गमलामा क्रमशः १ सय ३०, १ सय २९, १ सय २८ र १ सय २९ मत प्राप्त गरेका थिए।
कक्षा १० सम्म संचालनमा रहेको सो विद्यालयकाे भर्ना अभिलेख अनुसार भर्ना भएका ४ सय ७८ बालबालिकाका २ सय ९३ जना अभिभावकहरु मध्ये महिला १ सय ५४ जना र पुरुष १ सय २४ जना गरी जम्मा २ सय ७८ जना अभिभावकले निर्वाचनमा मतदान गरेका थिए। जसमध्ये २ सय ७६ मत सदर र २ मत पूर्णरुपमा बदर भएको थियो। निर्वाचनमा मतदानको कार्य शुक्रबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । अपरान्ह २:३० बजेदेखि सुरु भएको मतगणना कार्य ४:१० बजे सपन्न भएको भएको थियो ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न अविभावकको मतदानले कम्तिमा दुई महिलासहित चार सदस्य निर्वाचित गर्नुपर्ने र दुई सदस्य, शिक्षक स्टाफहरु मध्येबाट एक शिक्षक सदस्य, सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको एक पद्देन सदस्य र विद्यालयको प्रधानाध्यापक गरी ९ जना सदस्यसहितको समिति रहने व्यवस्या छ। पालिकाकाे ऐन अनुसार बहालवाला जनप्रतिनिधि तथा शिक्षक अध्यक्ष हुन नसक्ने व्यवस्था छ। आभिभावकबाट निर्वाचित चार र मनोनित दुई सदस्यबाट व्यवस्थापन समितिको अध्यक्ष बन्ने ऐनमा व्यवस्था छ भने प्रधानाध्यापक सदस्य सचिव रहने छ।