हेटौडामा गीतकार राजेन्द्र थापालाई बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार प्रदान

हेटौंडा :हेटौडामा भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले यस बर्ष पनि बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार सम्पन्न गरेको छ। हिजो बिहिबार हेटौँडाको होटल एभोकाडोमा भएको विशेष कार्यक्रममा गर्दै प्रतिष्ठानले १५ औं संस्करणक अन्तरगत १ लाख पुरस्कार राशिको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार गीतकार राजेन्द्र थापालाई प्रदान गरिएको हो ।

Raksani dada ban
DSC02689

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबि क्षेत्री,मन्जु थापा,गायिका शुसिला मानन्धर लगाएतले गीतकार थापालाई नगद सहित दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो त्यस्तै भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट चर्चीत गायिका निशा देसारलाई नगद २५ हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
गीतकार थापाका पोहोर साल खुसी फाट्दा,पर लैजाऊ फूलहरू,यो मन त तलाउ हो,क्या दामी भो ,मेरो खुकुरिको नौलो कथा ,गाला रातै गाला रातै,दर्शन सलाम लगायतका चर्चित गीतहरु छन्।

यसअघि प्रतिष्ठानले बरिष्ठ गीतकार संगीतकार अम्बर गुरुङ, प्रेमध्वज प्रधान , भक्तराज आचार्य ,फत्तेमान राजभण्डारी,शान्ति ठटाल,दीप श्रेष्ठ,प्रकाश श्रेष्ठ,न्हुच्छेबहादुर डङ्गोल,मीरा राणा,कर्म योञ्जन, चेतन कार्की,दावा ग्याल्मो,दीपक जङ्गम, किरण प्रधानलाई पुरस्कार प्रदान गरिसकेको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.