चुनावि मैदानमा हारेका सिंतानले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई हार्न दिएनन्

12

बागमती ,चैत्र १८ :बागमती गाउँपालिकामा २७ जना विद्यार्थीहरुले छात्रविधि प्राप्त गर्ने भएका छन । सहयोग र सरोकार ज्योति जीवन कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका हुन् ।

यस कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीले वार्षिक ५ हजार बराबरको शैक्षिक सामाग्री प्राप्त गर्ने भएका छन् । त्यसैगरी बागमती गाउँपालिका वडा नं ४,५,७ र सातमा रहेको क्रमशः श्री महाबुद्ध आवि, देवकी मावि , आदर्श आवि र चौरा आधारभूत विद्यालय रहेका छन। आविका १२ जना छात्रवृत्ति कोटामा पर्न सफल विद्यार्थीको लागि श्री चौरा आधारभूत विद्यालयका पूर्व शिक्षक एबम् उक्त विद्यालयमा यसअघि भएको विद्यालय व्यवस्थापन समितिका निर्वाचनमा प्रत्यक्ष रूपमा उम्मेद्वारी दिएका विवेक सिङतानले छात्रवृत्तिको लागि पहल गरेका थिए। विद्यालय व्यवस्थापन समितिका लागि नेकपा एमाले, नेपाली कांग्रेस , राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त गठबन्धनसँग ने क पा माओवादी केन्द्रको प्यानलबाट सिङतानले आफ्नो उम्मेद्वारी दिएका थिए।
विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्ने स्पष्ट लक्ष्य बोकेका सिङतान् ११ मतले पराजय हुन पुगेका थिए। आफूले पराजय भोग्नु परेपनि विद्यार्थीको भविष्य प्रति आफू निकै चासो राख्ने भएकाले छात्रवृत्तिको लागि पहल गरिएको उनले बताए। आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तरको वृद्धि सँगै यस विद्यालयको सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि आफूले निरन्तर सहयोग गरिरहने बताए।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: