मेरो पत्र Logo

ब्यबस्था परिबर्तन भयो तरअवस्था अझै पनि सोच अनुरुप परिवर्तन भएको छैनः मन्त्री बस्नेत

Mero Patra
मेरो पत्र
ad
ब्यबस्था परिबर्तन भयो तरअवस्था अझै पनि सोच अनुरुप परिवर्तन भएको छैनः मन्त्री बस्नेत
adad

बागमती,झुरझुरे चैत्र १७ : नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिचाईमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले अहिले देशमा ठूलो परिवर्तन भएपनी जनताको अवस्था भने अझै पनि सोचे अनुरुप नभइरहेको बताउनुभएको छ । शनिबार बागमती गाउँपालिकामा आयोजना भएको माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

देशमा गणतन्त्र आएर विभिन्न हक अधिकार पाए पनि अझै केही जातजातिहरुले आफ्नो अधिकार प्राप्त गर्न नपाइरहेको उहाँले बताउनुभयो । सशक्त जनसंगठन मोर्चा बनाएर अघि बढेको कारण देशको संविधान बनाउन सफल भएको र विभिन्न अधिकार पाउन थालेको उहाँले बताउनुभयो । उहाँले यो व्यवस्था हटाउन केही शक्ति लागिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेको संविधानको रक्षा र कार्यन्वयन गर्न आजको आवश्यकता भएको बताउनुभयो । यसका लागि सबै जाति, वर्ग, संगठनहरु फेरि संगठित हुनुपर्ने र संविधानमा उल्लेख गरेको अधिकार प्राप्तका लागि लड्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन आउने काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । राज्यले गास, बास र कपसको ग्यारेन्टी गर्न सक्नुपर्ने बताउनुहुँदै उहाँले समाजउन्मुख विकास गर्नपुर्ने बताउनुभयो । देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्न पार्टीले सरकारको नेतृत्व गरेको गरिरहेको पनि उहाँले बताउनुभयो । अहिलेको यो व्यवस्था माओवादीले डिजाइन गरेको दाबी गर्नुहुँदै उहाँले यो व्यवस्थाको रक्षा माओवादी केन्द्रले मात्रै गर्न सक्ने बताउनुभयो । उहाँले सरकार अहिले आगामी आथिक वर्षको नीति बनाउन तयारी गरिरहेको बताउनुहुँदै उहाँले माझी समुदायलाई उत्थान गर्ने गरी नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्व सभामुख ओनसरी घर्ती मगरले माझी समुदायको उत्थानका निम्ति पार्टीले जातिय मोर्चा गठन गरेको बताउनुभयो । उहाँले संगठनले माझी समुदायको भाषा र संस्कृतिको जर्गेना गर्दै अधिकारलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै उत्पीडित जातिहरुको अधिकार सुनिश्चिताका लागि पार्टीले अगुवा गरिरहेको पनि बताउनुभयो । उहाँले संविधानमा नलेखिएको एजेण्डाहरु थप गर्न सबै लाग्नुपर्ने बताउनुभयो । यस्तै नेपाल सरकारको निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले माझी समुदायको पहिचानलाई जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले माझी समुदायको पहिचान झल्किने संस्कृति जर्गेना गर्नुपर्ने बताउनुभयो । सामुहिक रुपमा घर बनाएर मिलेर बस्ने पराम्पराको रक्षा गरी विकासको नीतिहरुमा मान्यताको आधारमा समाजवाद खडा गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अहिले प्रदेश सरकार आफ्नो कर्तव्य र अधिकारमा रहेर कामहरु अगाडी बढारहेको बताउनुभयो । अहिले बागमती प्रदेशले प्रदेशभित्रको जातजाति, धर्म, संस्कृतिको जर्गेना गर्न माझी, चेपाङ लगायतको जातिहरुको पर्वमा पनि सार्वजनिक विदा दिनुपर्छ भन्नेमासरकात्मक भएर अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर तामाङ र नेवार जातिको भाषालाई कामकाजी भाषाको रुपमा कार्यन्वयन गर्न सक्ने विद्येयक ल्याएको बताउनुहुँदै उहाँले त्यो विद्येयकभित्र अरु जातिहरुको पनि भाषालाई प्रयोग गर्न सक्ने कानुन बनाउन सकिने बताउनुभयो । उहाँले यसका लागि कानुनी रुपमा अगाडी बढाउन सक्ने भएकाले स्थानीय तहले पनि निर्णय गरेर विभिन्न भाषाहरुलाई सरकारी कामकाजीको रुपमा अगाडी बढाउन सकिने उहाँले बताउनुभयो । त्यसका लागि आफ्नो भाषा, संस्कृति र लिपी चाहिने हुँदा सबै जातिहरुले त्यसको जर्गेना गर्नुपर्ने उहाँले बताउनुभयो । सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने जनाएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष तुला बहादुर माझीको सभाध्यक्षतामा भएको सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य उर्मिला राई, पार्टी बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, पार्टी मकवानपुर इन्जार्ज विजय गौतम र जिल्ला समन्वय समिति संयोजक एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्: