निलको नेतृत्वमा स्थानियको श्रमदानमा अफ्ठेरो बाटोमा ग्राबेल गरे हरिहरपुरगढी -३ सोकोनमा

12

सिन्धुली ,हरिहरपुरगढी चैत्र १६ : भनिन्छ छ नि आमा बुवाको माया छोराछोरि माथि छोरा छोरिको माया ढुंगा मुढा माथि तर यो भनाई भने गलत साबित भएको छ। हरिहर पुरगढी गाउँपालिका -३ का निल कुमार पुलामी मगरले आफ्नो बुवा लडेको स्थानमा ग्राबेल गरि बर्षातको समयमा समस्या नआउने गरि बाटोमा ढुंगा बिछ्याएर ग्राबेल गरेका छ।

2422a6ef fbc0 41ef afe9 458712f18ffd


उनका बुवा चन्द्र बहादुर पुलामी केहि बर्ष अगाडी मदन भण्डारी राजमार्ग अन्तर्गत सोकोन पुलबाट आफ्नो घर माथिल्लो सोकोनको घर नजिकैको बाटोमा बाटो अफ्ठेरो भएर बाइक चिप्लेर लडेर घाइते भएका थिए ,धेरै जना त्यो बाटोमा बाइकमा सवार गर्दा चिप्लेर घाइते भएका छन् ,उनि स्वयम् पनि घर जाने क्रममा श्रीमती ,सानो बच्चा सहित चिप्लेर लडेका थिए ,तर ठुलो दुर्घटना भएन,बुवा लडेर हात भाचेर हस्पिटलको सैयामा पिडा सहेर हप्तौ भर्ना भएको सम्झिए र आफु पनि त्यहि स्थानमा ठुलो दुर्घटना हुन बाट जोगिएको सम्झिय र स्थानियहरुको सल्लाहमा अफ्ठेरो स्थानमा ग्राबेल गर्ने निर्णय गरे र स्थानियहरु कृष्ण ठाडा,लोक बहादुर पुलामी’निराजन’ ,प्रकाश ठाडा ,मोहन पुलामीको नेतृत्वमा स्थानियले श्रमदान र आफुले आर्थिक सहयोग गरे।

10f0921e c1d8 4db8 be52 0af2d3117d21


निल कुमारका अनुसार बुवालाई उपचार गर्दा ३ लाख जति खर्च भएको र बाटो बनाउदा ५० हजार जति सहयोग गरेको बताएका छन त्यस्तै सोकोनकै तर बैदेशिक रोजगारीको क्रममा बाहिर रहेका जितेन्द्र राई ,कुशल पुलामी, झलक दर्लामीले आफ्नै गाउँ जाने बाटो हो भन्दै आर्थिक सहयोग गरेका छन ,सरकारी बजेट आउँन समय लाग्छ सानो तिनो समस्या हामि जनताले आफैले समाधान गर्नुपर्ने उनको भनाई छन् ,ढिलो चाडो पक्कि सडक बन्यो भने सोकोन बासिलाई आवत जावत गर्ने सजिलो हुने र ,स्थानिय सरकार ,प्रदेश सरकार,सरोकारवाला सबैले चासो दिनुपर्ने बताएका छन
निलकुमार पुलामी मगर हाल बैदेशिक रोजगारका क्रममा नेपाल बाहिर छन्

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: