बझाङ चैत्र ११ :बझाङको जयपृथ्वीमा चट्याङ लागेर १ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । जयपृथ्वी ६ नौरामा हिजो राति शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको मृत्यु र ७ जना घाइते भएको हो ।
चट्याङ लागि मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंह र घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन् ।
यस्तै सोहि स्थानको धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी, छोरा ९ वर्षीय नितेश र छोरी १३ वर्षीया लक्ष्मी पनि घाइते छन् । घाइते सबैको हातखुट्टाहरुमा चोट लागेको रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।