भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका-७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको दिनुभएको छ ।

आगलागीबाट स्थानीय ​रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ ।

ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: