सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.१३ माथील्लो रानिबास मदन भण्डारी राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट भिमान तर्फ आउदै गरेको गरेको म.प्र.०४–००१ क ००५१ न. को ट्रक र विपरीत दिशाबाट जादै गरेको बा ९२ प ६५६२ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिका वडा नं.७ का ३० बर्षाका रिद्दि बहादुर मिरिङसिङ रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याउदैगर्दा बाटैमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताउनुभयो ।