Skip to content

प्रताप रेड्डीले हरिहरपुर माविलाई अमेरिकाबाट आर्थिक सहयोग

प्रताप रेड्डीले हरिहरपुर माविलाई अमेरिकाबाट आर्थिक सहयोग
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी, सिन्धुली :सिन्धुलीको हरिहरपुरगढीको दोस्रो पुरानो बिद्यालय हरिहरपुर माबिले कक्षा ११ १२ संचालनको लागि आर्थिक अभियान सुरु गरेको छ।
पालिकाको पश्चिम भेग छिमेकी जिल्ला मकवानपुरको बागमती गाउँपालिका रहेको यस स्थानका बिद्यार्थीहरु एसईइ पछि उच्च शिक्षा हासिल गर्न हेटौडा ,काठमान्डौ ,रौतहट जानु पर्ने बाध्यता रहेको छ।हाम्रो अनलाइनको अफिसियल फेसबुक पेज मार्फत हामीले हरिहरपुर माबिमा कक्षा ११ १२ संचालनको लागि सहयोगार्थ भिडियो सामाग्री तयार गरि प्रसारण गरेका थियौ ,त्यहि भिडियो सामाग्री हेरी सकेपछि हाल अमेरिकामा बस्दै आइरहनुभएका भारतीय मुलका अमेरिकी नागरिक प्रताप रेड्डी गद्दामले अमेरिकाबाट रु. चौसट्ठी हजार आठसय पैतिस रुपिया सहयोग पठाउनु भएको छ ,
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोपिला फुयाल राइले खुसि ब्यक्त्त गर्दै सहयोगको लागि धन्यबाद ब्यक्त्त गर्दै अझै ,अन्य सम्पूर्ण शिक्षा प्रेमी ,समाजसेबी,ब्यापारी ,सरोकारवाला सबैबाट सहयोगको अपेक्षा ब्यक्त गर्दै मेरोपत्रलाई बताउनु भएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts