हरिहरपुरगढी अध्यक्षकप:वडा न.४ लाई हराउदै वडा न.३ दोस्रो चरणमा प्रबेश

सिन्धुलिको हरिहरपुरगढीमा आज फागुन १७ गतेबाट पालिका स्तरिय चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।हरिहरपुरगढी – झ्याडिको खेलमैदानमा सुरु भएको प्रतियोगिताको पुरुष फुट्बल अन्तर्गत पहिलो खेल वडा नम्बर ४ र वडा नम्बर ३ बिच भएको हो ।

पहिलो हाफ सम्म दुबै तर्फ दबाब पुर्ण खेल भएको थियो । दोश्रो हाफको ३८ औ मिनेटमा मौकाको फाईदा उठाउदै वडा नम्बर ३ का जर्सी नम्बर ४ का खेलाडी साजन रानाले गोल गरे । सोही गोल निर्णायक गोल साबित हुँदै १-० ले वडा नम्बर ४ लाई हराउदै वडा नम्बर ३ ले खेल जितेको छ ।

त्यस्तै भोलि फागुन १८ को खेल बिहान वडा नम्बर ७ र वडा नम्बर २ बिच बिहान ८ बजे र दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर ५ बिच दिउँसो १.३० बजे हुनेछ ।

प्रतियोगितामा पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार रु.१ लाख ,दोस्रो पुरस्कार रु. ५० हजार,महिला फुटबल अन्तर्गत प्रथम पुरस्कार रु. २० हजार दोस्रो पुरस्कार रु. १० हजार सहित ट्रफी ,मेडल ,प्रमाण पत्र दि इने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राई ‘ हिमालले ‘ मेरोपत्रलाई जानकारी दिनुभएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: