Skip to content

हरिहरपुरगढीको श्रीपुरमा फागुन २४ ,२५ गते २ दिने महाशिवरात्री मेला लाग्ने भएको छ

हरिहरपुरगढीको श्रीपुरमा फागुन २४ ,२५ गते २ दिने महाशिवरात्री मेला लाग्ने भएको छ
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी स्थित श्रीपुर बजारमा २ दिने शिवरात्री मेला लाग्ने भएको छ। श्रीपुर हाटबजार ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको दोस्रो महाशिबरात्रि मेला फागुन २४ ,२५ गते श्रीपुर् हाटबजार शिब मन्दिरमा लाग्ने भएको छ ।

कार्यक्रममा रास्ट्रीय कलाकारहरु चर्चित कमेडियन तथा प्रस्तोता दिनेश काफ्ले ,चर्चित सेलो गायिका जितु लोप्चन ,गायक तथा संगीतकार सुर्य राई,कमेडियन /जादुगर राजेन्द्र गिरि गुन्द्रुके ,मोडल मिना राई गिरि ,संसारकै होचो व्यक्त्ति मनोज गोर्खाली,नायक हिमाल राई ,गायिका सरिता राई ,करण बिस्ट,बिशाल राज राई ,बिक्रम योञ्जन ,गोरख राई ,शम्भु राई लगायत स्थानिय कलाकारहरुको सांगीतिक तथा सास्कृतिक प्रस्तुति रहनेछ।

मेलामा स्थानिय खानाका परिकारहरु रहने शिवरात्री मेला संयोजक तथा श्रीपुर हाट बजार ब्यबस्थापन समितिका अध्यक्ष उद्धब राईले बताउनु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts