हरिहरपुरगढीको जनता माबि बखफरले ६४ औ बार्षिक उत्सब मनायो

36

सिन्धुलिको हरिहरपुरगढीमा रहेको श्री जनता माध्यमिक विद्यालयले ६४औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह फागुन १२ गते मनाएको छ।
कार्यक्रम वि.व्य.स.अध्यक्ष ज्ञानबहादुर राईको सभाध्यक्षता, हरिहरपुरगढीमा गाउँपालिका उप प्रमुख चेख बहादुर थिङ्गको प्रमुख आतिथ्यता,विशिष्ट अतिथि हरिहरपुरगढीमा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विश्व राई ,अतिथिहरु शिक्षा शाखा प्रतिनिधि प्रेम बहादुर वि.क लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

429682022 404021315497811 1870594996229040566 n
429804564 404021202164489 296838158863751546 n

कार्यक्रममा विद्यालय संस्थापक सदस्य तथा पूर्व वि.व्य.स.अध्यक्ष गौरीशंकर राईलाई दोसल्ला तथा कदर पत्र प्रदान गरेर विशेष सम्मान तथा विद्यालयमा दिलवीर गरिब जेहेन्दार छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने पुर्व प्र.अ. अर्जुन राई त्यसै गरि विद्यालयमा कोमल स्मृति अपाङ्‌‌ग छात्रवृत्ति अभ्य कोष स्थापना गर्ने पूर्व प्र.अ. दुर्गा प्रसाद दाहाल र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान गरिएको थियो।
कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग गर्ने दाताताहरु समेत सम्मान गरिएको थियो।

429805115 404019315498011 3959927507722636625 n
429679430 404020838831192 856624126040143080 n


SEE र कक्षा १२ को परीक्षामा सर्वोकृष्ट अङ्‌‌क प्राप्त गर्ने विद्यार्थीहरु,१२ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागी भई पदक विजेता बिद्यार्थीहरु ,हरिहरपुरगढी गापा स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागी भई पदक विजेताहरू,बाल कक्षादेखि ११ कक्षा सम्म प्रथम, द्वितिय तृतीय हुने बिद्यार्थीलाई पनि सम्मान सहित पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए\

429654796 404020275497915 7487008802307855189 n


अहिले यस बिद्यालयमा कक्षा ११ , १२ मा ९६ जना बिधार्थी अध्ययनरत छन भने आगामी चैत्रमा हुने एस ईईमा ५१ जना बिद्यार्थी सहभागी हुदैछन त्यस्तै विद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यापक लिला उप्रेतीले प्रस्तुत गर्नुभएको थियो।
दिनभरी चलेको समारोहलाई शिक्षक प्रदिपकुमार घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: