छैटौं बागमती गोल्डकप २०८० : एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो रु.१० लाख सहित गोल्डकपको उपाधी

24

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो ।


मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मछिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । उपाधी हात पारेको मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । वाईबालाई १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यस्तै रेडियो झुरझुरेका विवेक सिंतान, बागमती सन्देशका आषिश बल, गोल नेपालका विक्रम बानियाँ र अनिरुद्ध खबरका अनिल पराजुलीलाई पनि सम्मान गरिएको छ ।
बागमती गाउँपालिकाका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी नेपाल खेलकुद महासंघका सचीव किरण राई र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: