बागमति गोल्डकप:सेमिफाईनलका लागि मछिन्द्र र जावलाखेल भिड्ने

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । विजयी टिमले फाइनल प्रवेशका लागि न्यरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् 

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: