बागमति गोल्डकप:चर्च ब्वाइज युनाइटेडलाई हराउदै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

Raksani dada ban
FB IMG 1708092246949


एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६ आंै मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको दोस्रो हाफको ८८ आंै मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गत हप्ता सम्पन्न छैठौं संस्करणको मकवानपुर गोल्डकपमा एपीएफबाट खेलेका महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट बाइक प्राप्त गरेका थिए । उनले मकवानपुर गोल्डकपमा दुई गोल गर्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । यसअघि बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नवजनजागृती युवा क्लबलाई हराउँदै न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेश गरेको एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.