बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं बागमती गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी ले जीत हासिल गर्दै सेमिफाईनल प्रवेश गरेकाे छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा आज बिहिबार नव जनजागृती युवा क्लब सिमरा बीचकाे खेलमा १-० काे अग्रता लिदैं सेमिफाईनल प्रवेश गरेकाे हाे ।

एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग घोषित भएका छन, उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
क्वाटरफाइनल खेल अन्तर्गत भाेलि शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब संग चर्च ब्वाईज युनाईटेड काठमाण्डाैकाे दिउसाे १ बजे खेल हुनेछ । त्यस्तै शनिवार मछिन्द्र फुटबल क्लब काठमाण्डाैसंग जावलाखेल युवा क्लव ललितपुरले सामाना गर्नेछ र आइतबार आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।