बागमती गोल्डकपः आज एनआरटी र नव जनजागृती भिड्दै

मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सिमराको नव जनजागृती युवाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

विजयी टिमले सेमिफाइनलमा स्थान बनाउने छ । क्वाटरफाइनल अन्तर्गत शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब, शनिबार मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्बल र आइतबार आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: