आजबाट छैठौ बागमती गोल्डकप सुरु बागमती युवा क्लब र मछिन्द्र क्लब भिड्दै

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका आजबाट छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० सुरु हुदैछ। बागमती- ८ मा रहेको जनता मा.बि.को खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँ पालिकाको मुख्य प्रायोजक रहेको प्रतियोगितामा १० वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको आज बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले समुद्घाटन गर्दैछन् । खेल उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

बागमती-८ स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मछिन्द्र फुटब क्लब र सर्लाहीको बागमती युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको विजेताले क्वाटरफाइनलमा फाल्गुन ५ गते जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक बागमती खेलकुद विकास समितीसहित तीन मोफसल र ७ वटा ए डिभिजन क्लबको सहभागी छ । प्रतियोगितामा विभागीय टोलिहरु सशस्त्र प्रहरी बलको नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजन क्लबहरु न्युरोड टिम(एनअरटी), हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी छन् । यस्तै मोफसल टोलिहरु आयोजक बागमती खेलकुद विकास समिति, बाराको नवजनजागृती युवा क्लब सिमरा र सर्लाहीको बागमती युथ क्लब सहभागी छन् । प्रतियोगितामा गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदेशी टोलि एफसी भुटनिज र ए डिभिजन क्लब संकटा प्रतियोगितामा सहभागी नहुने भएको हो । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: